दफा २८
जाहेरवालालाई छुट
(१) सरकारी ठेक्कामा चोरी, ढाँटी वा दबाई छपाई खाने खुवाउनेहरू मध्ये कसैले सो कुराको पोल उजूर नपर्दै तोकिएको अधिकारीका समक्ष आफै सो कुरा जाहेर गरेमा निज उपर यस ऐन बमोजिम कारवाही चलाइने वा सजाय गरिने छैन ।
तर निजबाट बिगो असुल गर्नु पर्ने रहेछ भने सो बिगो असुल गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।
(२) सरकारी ठेक्कामा चोरी, ढाँटी वा दबाई छपाई खाए खुवाएको कुरा जाहेर गर्नेलाई प्रचलित नेपाल कानूनबमोजिम कमिशन दिने व्यवस्था भएकोमा त्यस्तो कमिशनको आधा उपदफा (१) बमोजिमको जाहेरवालालाई पनि दिइनेछ ।